भाषा, साहित्य तथा संस्कृति मेला: २०८०

नेपाली समाज परसंस्कृतिकरणको प्रभावका कारण मौलिक सभ्यता, भाषा र संस्कृतिको पहिचान नै लोप भइरहेको तथा आफ्नो चाडपर्व रीतिरिवाज नै बिर्सेर पश्चिमी सभ्यता र संस्कृतिमा नेपालीहरू रुमलिन पुगिरहेका छन्। हाम्रो मौलिक भाषा, साहित्य र संस्कृतिलाई पूर्णविराम लाग्न दिनु हुँदैन भन्ने मुख्य ध्येयका साथ काठमाडौं स्कुल अफ ल का बि.ए. एल. एल.बि. प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूले “भाषा, साहित्य तथा संस्कृति मेला: २०८०” सञ्चालन गर्ने जमर्को गरेका छन् ।
मिति २०८० जेष्ठ १४ तथा १५ गते आयोजना हुने सो कार्यक्रममा नेपाली भाषा, साहित्य र संस्कृति मुख्यतयाः तिन विधालाई विशेष प्राथमिकता दिई विभिन्न कार्यक्रम सञ्चालन गरिने छ।