News

गुरुका पनि गुरु !

March 30, 2021

वि.सं. २००३ सालमा काठमाडौंको जैसीदेवलमा जन्मिनुभएका प्राध्यापक माधवप्रसाद आचार्य यस काठमाडौं स्कुल अफ ल को स्थापना कालदेखि नै संस्थापक अध्यक्षको भूमिका निर्वाह गर्दै आउनुभएको थियो । तत्कालीन राजा महेन्द्रबाट 'महेन्द्र विभूषण' द्वारा विभूषित प्राध्यापक आचार्यले बेलायतको सेफिल विश्वविद्यालयबाट फौजदारी कानूनमा स्नातकोत्तर तह पूरा गरी नेपालको फौजदारी कानूनको क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै करिब पाँच दशकसम्मको वहाँको आफ्नो अध्यापनको दौरानमा हजारौँ विद्यार्थीलाई ज्ञानको ज्योति प्रदान गर्नुभएको छ ।
७४ वर्षको उमेरसम्म पनि दैनिक रूपमा कलेज आई विद्यार्थीलाई पढाउने वहाँ जस्तो अथाह ज्ञानको स्रोत एवम् विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि एक प्रेरणादायी व्यक्तित्वलाई यस कलेजको संस्थापक अध्यक्ष तथा प्राध्यापकको रूपमा पाउँदा काठमाडौं स्कुल अफ ल आफूलाई निकै गौरवान्वित ठान्दछ । वहाँ आज भौतिक रूपमा हामीमाझ नहुनुभए तापनि वहाँले यस कलेजलाई दिनुभएको ज्ञान, चेतना तथा देखाउनुभएको आदर्श तथा पथप्रदर्शनमा काठमाडौं स्कुल अफ ल सदा अडिग रहने छ, सधैँ अनुसरण गरिरहनेछ ।
धन्यवाद माधव सर ।।
काठमाडौं स्कुल अफ ल ले प्राध्यापक माधव प्रसाद आचार्यको स्मृतिमा In Memory of Prof. Madhav Prasad Acharya को सुरुवात गरेको छ । स्वर्गीय प्राध्यापक माधव प्रसाद आचार्यसँगको कुनै अविसमरणिय क्षण वा वहाँले तपाईहरूको जीवनमा पार्नु भएको सकारात्मक प्रभावका कुनै क्षणहरू भएमा त्यसलाई सो पेजमार्फत व्यक्त गर्नुहुन अनुरोध गर्दछौँ ।