“कानून किताब दिवस २०८०” नेपालमा पहिलो पटक भव्यताको साथ काठमाडौं स्कुल अफ लद्वारा मनाइयो

काठमाडौं स्कुल अफ लले "कर्नेल उजिरसिंह थापाको" सम्झनामा मिति २०८० फागुन १७ गते नेपालमा पहिलो पटक 'कानून पुस्तक दिवस' आयोजन गरेको थियो । सो दिवसको उपलक्ष्यमा माध्यमिक (+२) तथा स्नातक तहको कानुनका विद्यार्थीहरुबिच "नेपालको न्यायप्रणालीः विगत र वर्तमान" शीर्षकमा राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरेको थियो र सो प्रतियोगिताको निबन्ध बुझाउने अन्तिम मिति फाल्गुन ५ गते सम्म आएका निबन्धहरूको मूल्याङ्कनबाट स्नातक तह तर्फ तीन जना विजेता र माध्यमिक तहतर्फ तीन जना विजेता छनौट गरी पुरस्कार प्रदान गरिएको थियो।
यस कार्यक्रममा पूर्वन्यायाधीश क्रमश: प्रकाश वस्ती, शेषराज शिवाकोटी, गौरी ढकाल साथै वरिष्ठ संविधानविद् डा. भीमार्जुन आचार्य लगायत विशिष्ट व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो र यो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी हुनुहुन्थ्यो।
यस स्कुलको कार्यकारी निर्देशक डा. युवराज संग्रौलाज्यूले इतिहासमा बिर्सनु नहुने पात्र कर्णेल उजिरसिंह थापाको सम्झनामा नेपालको इतिहासलाई जोगाउन तथा स्थापित गर्न यस कानून किताब दिवस, २०८० प्रथम पटक आयोजना गरिएको हो भनी बताउनु भएको थियो।
उक्त दिन बौद्धिक छलफल (प्यानल डिस्कसन) सत्रको पनि आयोजना गरिएको थियो। बौद्धिक छलफल सत्र प्रा. डा. युवराज सङ्ग्रौलाज्यूले सञ्चालन गरी कर्णेल उजीरसिंह थापाको नेपालको कानूनी इतिहासमा रहेको योगदानमाथि प्रश्न क्रमश: माननीय प्रकाश वस्ती, शेषराज शिवाकोटी तथा इतिहासकार दिनेशराज पन्तलाई राखी उनको योगदानमाथि छलफल मुलतः केन्द्रित रही सञ्चालन भएको थियो। साथै कार्यक्रमका प्रमुख अतिथि तथा समग्र अतिथिगणको उपस्थितिमा निम्न पुस्तकहरुको लोकार्पण गरिएको थियो ।
- Decolonization of Constitutionalism - प्रा. डा. युवराज संग्रौला
- Implementation of alternative to prison system in Nepal - प्रा. डा. गणेश बहादुर भट्टराई
- International Trade and Business Law - प्रा. डा. कुमार ईङ्गनाम
- उच्च माध्यमिक शिक्षा : कानूनी विषय - प्रा. डा. युवराज संग्रौला, (प्रमुख सल्लाहकार)
- Some Glimpses of legal history of Nepal - प्रकाश वस्ती
- न्याय भाग - ४४ प्रकाश वस्ती अङ्क - २ - शेषराज शिवाकोटी
उक्त दिन विभिन्न सांस्कृतिक मनोरञ्जनको कार्यक्रम सञ्चालन तथा विभिन्न कानूनी पुस्तक प्रकाशकहरूको पुस्तक स्टलहरू प्रदर्शन गरिएको थियो | काठमाडौं स्कुल अफ ल र यस स्कुलमा प्रथम वर्ष बिए एलएलबी अध्ययनरत विद्यार्थीहरू, दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा इतिहास संरक्षण हेतुले आयोजना गरिएको यस कार्यक्रममा ३०० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।