[ Literature ][ Society ]

मेरी बेरोजगार आमा

बिनोद खत्री “मिलन”

बि.ए.एल.एल.बि चौथो वर्ष

जन्माउने आमा, दुधको धारा पिलाएर हुर्काउने आमा
जिवन दिने आमा, जन्माएर मलाइ संसार देखाउने आमा
बोलाउने आमा, ताते ताते भन्दै हिँड्न सिकाउने आमा
उठाउने आमा, क पुरि क खरायो ख लेखाउने आमा ।।

नुहाइदिने आमा, फोहोर गर्दा मैले लुगा धोइदिने आमा
सँगै हाँस्‍ने आमा, मलाइ सानो चोट लागे रोइदिने आमा
प्राण दिने आमा, हात समाइ फकाउँदै स्कुल लाने आमा
सिकाउने आमा,मैले गल्ति गर्दा बाको गाली खाने आमा ।।
तर बिडम्बना(२)

यसको बाबजुत पनि आमा, जब म कुनै फारम भर्छु
बुवालाइ रोजगार तर, तिमिलाइ बोजगार लेख्‍ने गर्छु
तिस दिन पसिना बगाएर पैसाको बिटो ल्याउने बाबु रोजगार रे
सात दिन रगत बगाएर पनि ऐय्या नभनि घर हेर्ने आमा बेरोजगार रे ।।

हो ति नै आमा जो बुबाको पसिना गनाउने लुगा पखाल्छिन्
भालेको डाकमा उठेर घरका सबै धन्दा पर धकाल्छिन्
उ चाहिँ बेरोजगार रे, मलाइ माफ गरिदेउ आमा
मलाइ यो समजाले यहि सिकायो तिमि त बेरोजगार रे ।।।