[ Literature ][ Society ]

रक्तदान

अंंङ्किता त्रिपाठी

म अबिराम समयको रथमा हिडिरहेको अनुभव गर्छु
म आफू भित्र कहिले मण्डेला कहिले हिटलरको छवि देख्छु
म आफैभित्र विद्रोह गर्छु तर निरन्तर चलिरहन्छु
तिमी मलाई लज्जावन्ति झार पन्छ्याए झै पन्छ्याउछौ
फेरि म हार्दिकताका साथ नमन गर्दै तिमिलाइ याद दिलाउछु
म भित्र रातो तातो रगत उम्लिरहेको छ
सबै भ्रष्टहरु!लाइ हिटलरलेझै ग्यास च्याम्बरमा हालेर सिध्याउने षड्यन्त्र छ
म संग नकार्दै तल्लो जातीको बलि सबै मानव जातीका हुन भन्ने मण्डेलाको विवेक छ
म संग दुश्सासनको रगत पिउने यो युगको भिम हु
म रगतले केश धुदै अत्याचारको खबरदार गर्ने यो युगको द्रौपदि हु
म अर्को कोत पर्व रचेर रगतको खोलो बगाउदै सत्ता पल्टाउने यो युगको जङे हु
म पुर्खाको रगतको महासागारले रेखान्कित अखण्दित मेरो देशको नक्सा हरहालमा बचाउनु छ
म त्यस रगतको रिणि हु मासिकस्रावको अस्वच्छ रगत मेरो शरिरको कण कणमा दौडेको छ
म अस्वच्छ हु तर स्वच्छ धर्तीको रिणि छु
मेरो रगतमा सास छ आश छ
अहंकार छ सन्स्कार छ स्वाभिमान छ सपना छ जोश छ आट छ भन कोहि छौ इखालु जनता सलाई म रक्तदान दिन सक्छु ?
किनकी रोगले थलथलिएको मेरो देश बचाउनु छ