[ Literature ]

धन्यवाद छ छिमेकी तिमीलाई

अरुण तामाङ्ग

धन्यवाद छ छिमेकी तिमीलाई पटक–पटका नाकाबन्दी गरिदिएकोमा,
धन्यवाद छ छिमेकी तिमीलाई मेरो कोशी डुबान पारिदिएकोमा,
मेरो राजनितिलाई खेल बनाएर, मेरो नेतालाई कठ्पुतली बनाइदियौँ ,
 
कुट्नितिक सम्बन्धको नाममा खुल्ला सीमा, अनि सीमाको किल्ला नै सारी देयौ ।
हे छिमेकी फेरी धन्यवाद, आज मेरो ३ ओटा भक्तपुर जत्रो भु–भाग आक्रमन गरेकोमा,
सायद यस्तै शिक्षा पायौ की क्या होल तिम्रो बालापनमा,
तिम्रो ठाउँको स्वतन्त्रताको निम्ती सधै लागी परेको थिए,
तर आज तिम्रो स्वतन्त्रता पश्चात मेरै सर्वभौमसत्ता माथी तिम्रो परिवारले दाउ बनाइदिए ।
 
म त सधै हाम्रो सम्बन्धलाई सपर्नुको निम्ति लागि परेको थिए,
तर तिम्रो चोटहरुले मलाई कमजोर र तिमीलाई बलिया बनाइदिए,
फेरी धन्यवाद छ तिमीलाई सधै मलाई नै मिची रहेकोमा,
मेरो छोरालाई गरुङ्गो भारी बोकाइ लहुरेको नाम दिइ दलाल सँग किनिदिएकोमा ।
 
आज त अति भई सकेको छ,
मेरो घरको जामीन नै डुबानमा पेरिसकेको छ ,
बनाउ तिम्रो मिडिया र मानिस माझ हाम्रो सम्बन्धको विवाद,
म त सधै मित्रतामा विश्वास राख्छु, तर आझै चोट दिन्छौ भने , चाहिदैन मलाई छिमेकी धन्यवाद ! (२)