मासिक शुल्क छुट गरिएको सम्बन्धमा ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभचिन्तकहरूलाई पारेको असरलाई मध्यनजर गर्दै मिति २०७७ असोज १७ गते बसेको यस कलेजको कर्मचारी तथा शिक्षकको बैठकको निर्णय बमोजिम यहाँ पढाइ हुने बि.ए.एलएल.बि, एलएल.एम, तथा एम.ए तहको शैक्षिक सत्र २०७६/७७ को शैक्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई दुई (२) महिनाको मासिक शुल्क छुट गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।
काठमाडौं स्कुल अफ ल ले यो आफ्नो सामाजिक दायित्वको रूपमा गरेको निर्णय भएको र नेपाल सरकार वा पूर्वाञ्चल विश्वविद्यालयले भविष्यमा मासिक शुल्कका विषयमा कुनै निर्णय वा निर्देशन जारी गरेमा कलेजले प्रदान गरेको यस शुल्क छुट पनि त्यसैभित्र समावेश हुने व्यहोरा पनि सबैमा अवगत गराईन्छ।
बि.ए.एलएल.बि तहका सबै आन्तरिक टर्मिनल परीक्षाहरू समापन भईसकेको हुँदा, अन्लाइन माध्ययमबाट आगामी कक्षाहरू सञ्चालन गर्ने तयारी भईरहेको र केही दिनपछि विद्यार्थीहरूको कक्षा सुरू हुने व्यहोरा पनि विद्यार्थी तथा अभिभावकलाई यसै सूचना मार्फत जानकारी गराइएको छ।
