“कानुन अन्वेषिका” कोलागि सम्पादकको आवश्यकता
सूचना !
प्रकशित मिति: २०७७/१२/१३
यस काठमाडौँ स्कुल अफ ल ले प्रकाशन गरिरहेको अर्ध वार्षिक अनुसन्धानमूलक कानुन पत्रिका “कानुन अन्वेषिका” को सम्पादन कार्यमा सहयोगीका रूपमा ४ जना विद्यार्थी सम्पादकको आवश्यकता परेको हुँदा काठमाडौँ स्कुल अफ लमा बी.ए.एलएल.बी, एलएल.एम. र एम.ए. तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रधान सम्पादकसमक्ष निम्न इमेलमा निवेदन दिन आह्वान गरिन्छ ।
निवेदन पठाउने इमेल ठेगाना– kanunanweshika@gmail.com
निवेदन नेपाली भाषामा लेखिएको हुनुपर्ने छ ।
प्रधान सम्पादक
रामचन्द्र फुयाल
सहप्राध्यापक, काठमाडौँ स्कुल अफ ल
