बधाई तथा शूभकामना

नेपाल सरकारद्वारा २०६५/६६ सालको आर्थिक ऐन यता प्रदूषण नियन्त्रण तथा रोकथामको कार्य गर्नका लागि नेपालमा विक्री वितरण हुने पेट्रोल तथा डिजेलबाट “प्रदूषण नियन्त्रण शुल्क” शिर्षक अन्तर्गत रु ०.५० प्रति लि. को दर ले र २०७६/७७ सालको आर्थिक ऐन यता रु १.५० प्रति लि. को दर ले राजस्व असुल गर्दै आएको र हाल सम्म झन्डै रु १४ अर्ब बराबरको राजस्व संकलन भएको तर सो रकम आजको मिति सम्म प्रयोगमा आएको नदेखिएको र सङ्घिय सञ्चित कोषमा सो रकम राखी अन्य कार्यमा खर्च गर्न सक्ने खतरा रहेको जसबाट संविधानक धारा ३० र वातातवरण संरक्षण ऐन २०७६ र वातारण संरक्षण नियमावलीको प्रावधान प्रभावहिन हुने स्थिति देखी यस काठमाडौं स्कुल अफ ल मा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु अभ्युदय भेटवाल तथा श्रीना नेपालले Social Responsive Litigation Clinic - Kathmandu School of Law को Guidance मा दर्ता गर्नु भएको रिट निवेदनमा आज मिति २०७९/०४/१० गते आइतबारका दिन मा· न्या· श्री सपना प्रधान मल्लको इजलासबाट प्रत्यार्थिहरूको नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश जारि भएको छ ।
निवेदक विद्यार्थीहरुद्वय अभ्युदय भेटवाल तथा श्रीना नेपाललाई धेरै-धेरै बधाई तथा शूभकामना।