News

College Assembly Meeting Conducted Successfully

August 05, 2022

यही मिति २०७९ साल श्रावण महिना २० गते शुक्रबारका दिन काठमाडौं स्कुल अफ ल को मुख्य क्याम्पस परिसर भक्तपुरमा काठमाडौं स्कुल अफ ल परिषद्‍को बैठक सम्पन्न भएको छ । बैठकको अध्यक्षता परिषद् अध्यक्ष डा. गोविन्द प्रसाद कुसुमले गर्नु भएको थियो भने बैठकको सञ्चालन परिषद्का सदस्य सचिव प्रा. डा. युवराज संग्रौलाले गर्नु भएको थियो । कलेजको परिषद्‍मा संस्थापक सदस्य, कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी प्रतिनिधि, अभिभावक प्रतिनिधि, आल्मुनाई, नगर प्रमुख, वडा अध्यक्ष, वरिष्ठ अधिवक्ता, पूर्व न्यायाधीश, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको प्रतिनिधित्व हुने व्यवस्था रहेको छ ।