भावपूर्ण श्रद्धाञ्जली
संविधानसभाका पुर्वअध्यक्ष, पूर्व सभामुख तथा काठमाडौं स्कुल अफ ल का संरक्षक माननीय सुवासचन्द्र नेम्वाङको असामयिक तथा अकल्पनीय देहावसानले हामी काठमाडौं स्कुल अफ ल परिवार धेरै मर्माहित भएका छौँ । शालीन, मृदुभाषी एवं भद्र व्यक्तित्वका धनी रही आफूलाई एउटा असल मानिसका रूपमा सधैँ उभ्याइरहन सफल उहाँले कानुन शिक्षक, कानुनकर्मी र राजनीतिकर्मीका रूपमा समाज र राष्ट्रका लागि पुर्याउनुभएका कैयौँ सकारात्मक योगदानहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ । साथै, काठमाडौँ स्कुल अफ ललाई निरन्तर प्रदान गर्दै आउनुभएको अभिभावकीय भूमिका तथा स्नेहबाट वञ्चित हुनुपरेकोमा हामीलाई असैह्य पीडा महसुस भएको छ र यस अत्यन्तै दुःखद घडीमा उहाँको दिवङ्गत आत्माको चीर शान्तिको कामनाका साथ हार्दिक श्रद्धाञ्जलीसहित सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।
