हार्दिक बधाई तथा शुभकामना सुहाङ नेम्वाङ

यस काठमाडौं स्कुल अफ ल का पूर्व विद्यार्थी सुहाङ नेम्वाङ ज्यू (वि.ए. एल.एल.वि. २०६९ ब्याच तथा एल.एल.एम. २०७४ ब्याच) ले हालै भएको उपनिर्वाचनमा इलाम छेत्र नं. २ बाट निर्वाचित भई संघिय संसदको प्रतिनिधिसभा सदस्य हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दैछौँ। काठमाडौं स्कुल अफ लको मूल्य मान्यतालाई सदैव मनन गरी समस्त मुलुकलाई नै विधिको शासन तथा समृद्धिको बाटोमा लैजाने कुरामा हामी आशावादी छौं। तपाईँलाई अमूल्य मत मार्फत दिइएको जिम्मेवारीको पूर्णपालना, उदाहरणीय नेतृत्व तथा उच्च राजनीतिक सफलताको शुभकामना समेत व्यक्त गर्दछौँ।