सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता।
यस कलेजकाे बि.ए.एल.एल.बी दाेस्राे वर्षमा अध्ययनरत विद्यार्थी माधव राज आचार्य र आभाष झाले कारागार ऐन, २०७९ काे दफा ३३(१) बमाेजिम ५ वर्ष भन्दा कम उमेरका नाबालक कैदीबन्दी आमासँगै कारागारमा रहन सक्ने प्रावधानका कारणले हाल नेपालका विभिन्न ३० वटा कारागारहरुमा रहेका कुल ६४ जना आश्रित बालबालिकाकाे बालअधिकार हनन भएकाे विषयकाे रिट निवेदन सम्मानित सर्वाेच्च अदालतमा दर्ता गराएका छन।
जसमा आश्रित बालबालिका साथैमा लिई कारागारमा रहेका कैदीबन्दीलाई सजायका गैरहिरासतीय विकल्प दिई कारागारबाहिरै प्रोवेसन, प्यारोलमा रहने गरि वैधानिक प्रशासनिक तथा न्यायिक उपायहरू उपलब्ध गराउने वैकल्पिक प्रवन्ध गर्न साथै अलग मातृशिशुकक्ष (Mother and Baby Unit) स्थापना र सञ्चालन गर्न माग गरिएकाे छ।
निवेदकलाई यस कलेजबाट आश्रित बालबालिकाकाे सम्बन्धमा अध्ययन गर्न Creativity Exposure Grant-2024 समेत प्रदान गरिएकाे थियाे। उक्त अध्ययन आश्रित बालबालिकाकाे बालअधिकार प्रचलनकाे अवस्था बारे विशिष्टिकृत अध्ययन समेत रहेकाे छ ।