News

काठमाडौँ स्कुल अफ ल को क्लिनिकल शिक्षण कार्यक्रम अन्तर्गत बागमती प्रदेश भ्रमण सफलतापूर्वक सम्पन्न

June 23, 2025

काठमाडौँ स्कुल अफ लको चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुले क्लिनिकल वोर्क्स विषयको “प्रादेशिक निकायहरु भ्रमण, छलफल तथा अवलोकन कार्यक्रम” अन्तर्गत बागमती प्रदेशको आन्तरिक मामिला मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयाेगकाे बागमती प्रदेश कार्यालय र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे  बागमती प्रदेश कार्यालय गई अवलाेकन तथा छलफल कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो । कार्यमूलक शिक्षण विभागद्वारा आयोजित उक्त कार्यक्रममा समबन्धित निकायमा सहजीकरण गरिदिनु हुने कानुन अधिकृतज्युहरु र माननीयज्युहरुले विद्यार्थीहरुलाई व्यवाहारिक र स्थलगत अनुभव लिने वातावरण बनाईदिनु भएकोमा उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ ।