क्लिनिकल वोर्क्स अन्तर्गत कर्णाली प्रदेशमा प्रादेशिक निकाय अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ स्कुल अफ लको चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुले मिती २०८२/०३/१० गते क्लिनिकल वोर्क्स विषयको “प्रादेशिक निकायहरु भ्रमण, छलफल तथा अवलोकन कार्यक्रम” अन्तर्गत कर्णालि प्रदेशको आन्तरिक मामिला मन्त्रालय, मुख्य न्यायाधिवक्त्ताकाे कार्यालय र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कर्णालि प्रदेश कार्यालय गई अवलाेकन तथा छलफल कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो । कार्यमूलक शिक्षण विभागद्वारा आयोजित उक्त कार्यक्रममा समबन्धित निकायमा सहजीकरण गरिदिनु हुने कानुन अधिकृतज्युहरु र माननीयज्युहरुले विद्यार्थीहरुलाई व्यवाहारिक र स्थलगत अनुभव लिने वातावरण बनाईदिनु भएकोमा उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ ।
