काठमाडौँ स्कुल अफ लका चौथो वर्षका विद्यार्थीद्वारा कोशी प्रदेशमा प्रादेशिक अवलोकन भ्रमण सम्पन्न
काठमाडौँ स्कुल अफ लको चौथो बर्षमा अध्ययनरत 35 जना विद्यार्थीहरुले क्लिनिकल वोर्क्स विषयको “प्रादेशिक निकायहरु भ्रमण, छलफल तथा अवलोकन कार्यक्रम” अन्तर्गत कोशी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालय र प्रदेश सभा लगायतमा गई कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो । कार्यमूलक शिक्षण विभागद्वारा आयोजित उक्त कार्यक्रमलाई सहजीकरण गरिदिनु हुने विधार्थीहरुको आयोजक समूह, सहजकर्ता एबं मुल्यांकनकर्ता र समबन्धित निकायमा सहजीकरण गरिदिनु हुने कानुन अधिकृतज्युहरु र माननीयज्युहरुले विद्यार्थीहरुलाई व्यवाहारिक र स्थलगत अनुभव लिने वातावरण बनाईदिनु भएकोमा उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ
