News

पूर्वविद्यार्थीसँग संवाद: बि.ए.एल.एल.बी. विद्यार्थीलाई कानुनी करियर मार्गदर्शन

November 01, 2025

बि.ए.एल.एल.बी. पहिलो वर्षमा भर्खरै भर्ना हुनुभएका विद्यार्थीहरूलाई कानुनी क्षेत्रका विविध सम्भावना, पेशागत अवसर र व्यावहारिक अनुभवबारे मार्गदर्शन तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले “कलेजदेखि करियरसम्म: पूर्वविद्यार्थीहरूसँगको संवाद” शीर्षकमा आयोजित कार्यक्रम सम्पन्न भयाे।
 
यस सत्रका प्रमुख वक्ताहरूमा सर्वोच्च अदालतका उप-रजिष्टार श्री शुभाष भट्टराई, मध्यस्थकर्ता श्री नीरबहादुर पार्खिन, स्ट्यान्डर्ड चार्टर्ड बैंकका कानुन विभाग प्रमुख श्री अभिराम तिमल्सिना, अधिवक्ता श्री अनिस बास्ताेला र उप-प्राध्यापक डा. श्री लक्ष्मी सापकोटा रहनुभएको थियो। वक्ताहरूले आफ्नो शैक्षिक यात्रा, पेशागत अनुभव र कानुनी क्षेत्रमा सामना गर्नुपर्ने चुनौती तथा अवसरबारे आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो।
 
उक्त कार्यक्रमको संयोजन बि.ए.एल.एल.बी. तेस्रो वर्षका विद्यार्थी श्री माधव राज आचार्यले गर्नुभएको थियो।