News

वृहत्तर लुम्बिनी संरक्षण सम्बन्धी बहसनोट लेखन तथा बहस अभ्यास प्रतियोगिता

July 11, 2021

जनहित संरक्षण मंच (प्रो पब्लिक) तथा फ्रेन्ड्स अफ अर्थ नेपालको आयोजनामा "वृहत्तर लुम्बिनी संरक्षण सम्बन्धी बहस्नोट लेखन तथा बहस प्रतियोगिता" मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी प्रतियोगीलाई काठमाण्डौ स्कुल अफ लको तर्फबाट धेरै बधाई तथा उज्ज्वल भविष्यको कामना दिन चाहन्छौं । सो प्रतियोगितामा काठमाण्डौ स्कुल अफ लका विद्यार्थीले प्रथम, दितीय एवं सान्त्वोना स्थान हासिल गर्न सफल हुनु भएको छ । 
प्रथम स्थानमा काठमाण्डौ स्कुल अफ लको बि.ए. एल.एल बि तेस्रो वर्षमा अध्ययनरत छात्रा स्मृति सापकोटा, दितीय स्थानमा बि.ए. एल.एल बि चौथो वर्षमा अध्ययनरत छात्रा विपना दाहाल एवं सान्त्वोना स्थानमा बि.ए. एल.एल बि तेस्रो वर्षकी छात्रा आयुष्मा कोइराला पर्न सफल हुनु भएको छ ।