News

सुदूर पश्‍चिम प्रदेश उच्च शिक्षा नीति तथा प्रदेश विश्‍वविद्यालय स्थापना सम्भाव्यता अध्ययन कार्यदलको कार्यकारी निर्देशकसँग भेटघाट

January 03, 2022

मिति २०७८ पुष १२ गते सोमबारका दिन “सुदूर पश्‍चिम प्रदेश उच्च शिक्षा नीति तथा प्रदेश विश्‍वविद्यालय स्थापना सम्भाव्यता अध्ययन कार्यदल” को तर्फबाट कार्यदलका संयोजक डा. खेमराज जोशी तथा सदस्य अधिवक्ता हर्क रावल ज्यूले यस कलेजका कार्यकारी निर्देशक तथा २०७७ सालमा बागमति प्रदेश सरकारद्वारा गठित उच्च शिक्षा शिक्षण संस्था अध्ययन कार्यदलको संयोजकका रूपमा जिम्मेवारी बहन गर्नु भएको प्रा. डा. युवराज संग्रौलासँग काठमाडौं स्कुल अफ ल मा कार्यकारी निर्देशकको कार्यालयमा भेटघाट गर्नु भयो । भेटघाटका क्रममा वहाँहरूले “सुदूर पश्‍चिमको समग्र विकासमा टेवा पुग्‍ने गरी सुदूर पश्‍चिमको उच्च शिक्षा नीति कस्तो हुनुपर्ला तथा सुदूर पश्‍चिमले स्थापना गर्न खोजेको विश्‍वविद्यालय के गर्दा सुदूर पश्‍चिमको माटो सुहाउँदो र विश्‍वस्तरीय होला ?” भन्‍ने विषयमा छलफल गर्नु भयो । आफू कार्यदलको संयोजक भई कार्यरत रहँदाका आफ्ना अनुभव तथा कार्यदलको कार्य प्रक्रियाका विषयमा समेत प्रा. डा. युवराज संग्रौलाज्यूले भ्रमण टोलीलाई जानकारी दिँदै वहाँको संयोजकत्वमा गठित उक्त कार्यदलले बागमती प्रदेश सरकारलाई पेश गरेको प्रतिवेदनसमेत उपलब्ध गराउनु भयो ।